आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोना त्रास : संसद बैठक पनि स्थगित

बिहीबार, ०६ चैत २०७६, १७ : ५४
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण प्रतिनिधि सभा बैठक आगामी चैत १३ गतेसम्मका लागि स्थगित गरिएको छ । विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १३ बिहीबार बस्ने गरी तिनिधि सभा बैठकको समय निधारण गरेको हो ।

यसअघि चैत ७ गतेका लागि बैठक बोलाइएको थियो । सांसदहरुले विश्वभर कोरोनाको महामारी फैलिएको भन्दै यस्तो बेला संसद बैठक स्थगित गर्नु पर्ने माग राख्दै आएको थिए । यस्तै भोलिका लागि बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित गर्ने तयारी छ ।  

बुधबार सरकारले शैक्षिक संस्थाका बन्द गर्नुका साथै सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाएको छ । कोरोनाको संक्रमणलाई मध्यनजर बिहीबारका लािग तय गरिएकाे एसईई  समेत स्थगित गरिएकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप