मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्पेनिस ला लिगा फुटबल सुचारु हुनेमा शंका

शुक्रबार, ०५ वैशाख २०७७, ०९ : ४२
शुक्रबार, ०५ वैशाख २०७७

एजेन्सी : कोरोना भाइरसको बढ्दो महामारीका कारण स्पेनिस ला लिगा फुटबल सुचारु हुनेमा शंका उब्जिएको छ । 

बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केटले अब ला लिगाको बाँकी खेल हुन कठिन रहेको बताएका छन् । ‘लिगका अध्यक्ष जेभियर टेवासले अर्को महिना लिग हुन्छ भनेका छन् । 

तर स्पेनमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ । मलाई लिन सुचारु होला जस्तो लाग्दैन । स्पेन सहज रुपमा फर्किन धेरै समय लाग्छ,’ सर्जियोले भने । उनले सबै खेलाडी राम्रो समाचारको प्रतिक्षामा रहेपनि लिग हुन मुस्किल रहेको दोहोर्याए । 

लिगमा २७ चरणको खेल सकिँदा साविक विजेता बार्सिलोना शीर्षस्थानमा छ । बार्सिलोनाको ५८ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५६ अंक छ । युरोपमा महामारीको रुप लिएको कोरोनाको बढी संक्रमण भएको देशमध्ये स्पेन इटालीपछि दोस्रो देश हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप