सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना कहरः अति प्रभावित देशमा २४ घण्टाभित्र कति नयाँ संक्रमित देखिए ?

बिहीबार, ०१ जेठ २०७७, ०० : ३१
बिहीबार, ०१ जेठ २०७७

एजेन्सी । रुसमा दश दिनयता लगातार २४ घण्टामा १० हजार बढी कोरोना संक्रमित फेला परिरहेका छन् । बुधबार साँझको तथ्याँकअनुसार पछिल्लो २४ घण्टामा रुसमा १० हजार २८ जनामा संक्रमण पुष्टि भएको हो । लगातार १० दिनयता रुसमा दैनिक १० हजारभन्दा बढी संक्रमितहरु फेला परिरहेका छन् ।  त्यस्तै अमेरिकामा २४ घण्टामा १० हजार ८ सय ४२ जना संक्रमित देखिएका छन् भने बेलायत, स्पेन, ब्राजिल,इरान,भारत लगायतका मुलुकहरु रहेका छन् । 

बेलायतमा ३ हजार २ सय ४२, स्पेनमा १ हजार ५ सय ७५, भारतमा ३ हजार ७ सय ६७, ब्राजिलमा ३ हजार १ सय ३५ जना संक्रमित देखिएका छन् । इटलीमा दैनिक देखिने संक्रमितको संख्या ह्वात्तै घटेको छ । बुधबार इटलीमा ८ सय ८८ जनामा मात्र संक्रमण देखियो । 

त्यस्तै बुधबार अमेरिकामा ७ सय ६२, स्पेनमा १ सय ८४, रुसमा ९६, बेलायतमा ४ सय ९४, इटलीम १ सय ९५ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा २ सय ३१, जर्मनीमा ५४ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मर्नेको संख्या ८४ हजार १ सय ८७, स्पेनमा २७ हजार १ सय ४, रसियामा २ हजार २ सय १२, बेलायतमा ३३ हजार १ सय ८६, इटलीमा ३१ ह्जार १ सय ६, ब्राजिलमा १२ हजार ६ सय ३५, जर्मनीमा ७ हजार ७ सय ९२, फ्रान्समा २६ हजार ९ सय ९१, टर्कीमा ३ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ । 

संक्रमितहरुको कूल संख्यामा अमेरिका–१४ लाख १८ हजार ५ सय ४, रसिया २ लाख ४२ हजार २ सय ७१, स्पेन २ लाख ७१ हजार ९५, बेलायत २ लाख २९ हजार ७ सय ५, इटली २ लाख २२ हजार १०४, ब्राजिल १ लाख ८० हजार ७ सय ३७, फ्रान्स १ लाख ३८ हजार २ सय २५, जर्मनी १ लाख ७३ हजार ८ सय २४ रहेका छन् । अन्य देशहरुमा पनि क्रमशः यसरी नै संक्रमितहरुको संख्या देखिँदै गएको वल्ड्रोमिटरले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप