आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटलीको अति प्रभावित क्षेत्रका ५० प्रतिशतभन्दा धेरैमा भेटियो एन्टिबडिज

बुधबार, २८ जेठ २०७७, १५ : ३८
बुधबार, २८ जेठ २०७७

एजेन्सी । एन्टिबडिजले भाइरसबाट सुरक्षा गर्छ या गर्दैन भन्नेबारे बहस भइरहेका बेला इटलीको उत्तरी बेर्गामो शहरमा परीक्षणमा सहभागी आधाभन्दा बढी जनसंख्यामा काेिभड–१९ एन्टिबडिज विकास भएको देखिएको छ । यस शहरमा पहिलोपटक फेब्रुअरीमा कोभिड–१९ देखिएको थियो र लगत्तै यसले महामारीको रुप लियो, जसकारण कडा लकडाउन गरियो, अर्थतन्त्रमा विध्वंश मच्चियो । 

३४ हजारले कोरोना भाइरसकै कारण ज्यान गुमाएपछि खुकुलो बन्दै गएको इटलीको लकडाउन गत साता बल्ल इटलीको अन्तिम चरणमै खुल्यो । इटलीमा झन्डै २ लाख ३५ हजारमा कोरोना पुष्टि भइसकेको छ । अप्रिल २३ देखि जुन ३ सम्म ९ हजार ९ सय ६५ जनामा रगत परीक्षण गर्दा ५७ प्रतिशतमा एन्टिबडिज देखियो । जसको अर्थ उनीहरु कोरोना भाइरसको सम्पर्कमा आएका थिए भन्ने हो ।

बेर्गामोका स्वास्थ्य अधिकारीहरुका अनुसार यो  नतिजा ‘¥यान्डम स्याम्पल स्टस्ट’ मा आधारित छ र यस प्रान्तमा कति व्यक्ति संक्रमित थिए भनेर विस्तारित रुपमा बुझन् यो विश्वासिलो मापक हो ।  यस अध्ययनको सुझावअनुसार यो क्षेत्र ‘हर्ड इम्युनिटी’ तर्फ अघि बढिरहेको छ ।  विज्ञहरुकाअनुसार यहाँ ६० देखि ६५ प्रतिशतमा हर्ड इम्युनिटी हुनसक्छ । 

खोपमार्फत तथा संक्रमित भएर पर्याप्त संख्यामा व्यक्तिहरु रोग प्रतिरोधी हुने अवस्थालाई हर्ड इम्युनिटी भनिन्छ । यसको अर्थ बाँकी जनसंख्यामा पनि भाइरस व्यापक रुपमा फैलदैन ।  यद्यपि, वैज्ञानिकहरुले शरीरमा एन्टीबडिज विकास हुनुको अर्थ रोग प्रतिरोधी हुनु वा भाइरस नसर्नु हो भनेका छैनन् । बेर्गामोमा सर्वसाधारणको दाँजोमा कम स्वास्थ्यकर्मीमा एन्टीबडी देखिएको छ, यहाँ परीक्षण गरिएका १० हजार ४ सय ४ जना स्वास्थकर्मीमध्ये ३० प्रतिशत बढीमा मात्रै एन्टीबडी देखियो, जबकि स्वास्थ्यकर्मीहरु आम सर्वसाधारणभन्दा धेरै जोखिममा रहेको मानिन्छ । 

मृतक संख्याका हिसाबमा बेर्गामो इटलीकै सबैभन्दा प्रभावित क्षेत्र हो । यहाँका अस्पतालमा ठूलो संख्यामा संक्रमित भर्ना भएका थिए, आर्मी ट्रकले मृतकको लाश बोकेर हिडिँरहेका दृश्य विश्वव्यापी महामारीकै संकेत बन्यो । बेर्गामोसहितको लोम्बार्डी क्षेत्रमा १६ हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाए । समग्रमा इटलीमा ३४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । कूल २ लाख ३५ हजारभन्दा धेरैमा कोरोना पुष्टि भइसक्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप