सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं प्रहरी प्रमुखका घुमुवा पक्राउ

बुधबार, १० असार २०७७, २२ : ५५
बुधबार, १० असार २०७७

काठमाडौं । हुण्डी कारोबार गरेको आरोप काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको घुमुवा पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले प्रहरी हवल्दार धिरेन बिष्टलाई  पक्राउ गरेको हो । 

विष्ट महानगरीय प्रहरी परिसर काठमाडौँको सादा पोशाकमा खटिने प्रहरी हुन् । एसएसपीले सादा पोशाकमा आफ्ना विश्वासपात्रलाई मात्र खटाउँछन् । 

यस्तै बिष्टसँगै प्रहरी प्रधान कार्यालको २ नम्बर गणमा कार्यरत विक्रम चन्द पनि पक्राउ परेका छन् । बिष्टले चन्दसँग मिलेर न्युरोडका एक व्यापारीबाट १० लाख मागेको खुलेको छ ।

उनीहरूलाई महाशाखाको टोलीले बुधबार नियन्त्रणमा लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप