नेकपा विवाद : ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता
बुधबार, १७ असार २०७७, ११ : ४२
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा वार्ता भएको छ । पार्टीभित्र विवादले उग्र रुप लिएसँगै सहमतिको प्रयासस्वरुप दुई अध्यक्षबीच वार्ता भएको हो ।
स्थायी समिति बैठकअघि दुई अध्यक्षबीच जारी संकट समाधानको पहलस्वरुप छलफल भएकाे एक नेताले जानकारी दिए ।
दुई अध्यक्षबीचको छलफलपछि मात्रै स्थायी समिति बैठक सुरु भएकाे थियो ।
गत आइतबार प्रधानमन्त्रीले भारतले आफू नेतृत्वको सरकार ढाल्न लागेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद बढेको छ । मंगलबारको बैठकमा प्रचण्डले भारतले नभइ आफूले राजीनामा मागेको भन्दै अध्यक्ष र प्रधानमन्त्री पद छाड्न चेतावनी दिएका थिए । यस्तै बैठकमा बोल्ने अधिकांश सदस्यले पनि ओलीको राजीनामा मागेका थिए ।
यो पनि...