आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इप्पानमा अधिकांश नयाँ अनुहार, कुन–कुन कम्पनीका छन् ?

मङ्गलबार, ०२ भदौ २०७७, १६ : १५
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको  संस्था इप्पानले नयाँ कार्य समिति पाएको छ । इप्पानको भेलाले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको हो । उक्त कार्य समितिमा कृष्णप्रसाद आचार्य अध्यक्ष भएका छन् । इप्पानका नयाँ अध्यक्ष कृष्णप्रसाद आचार्य विन्दवासिनी हाइड्रो तथा पिपुल्स हाइड्रोको प्रतिनिधित्व गर्छन् । यसअघि उनी इप्पानको सल्लाहकार थिए । यता, उपाध्यक्षहरुमा गणेश कार्की, आशिष गर्ग र मोहनकुमार डांगी चुनिएका छन् । कार्की सिंगटी हाइड्रोलाई प्रतिनिधित्व गर्छन् ।

यसअघि इप्पानको महासचिव रहेका आशिष गर्ग सोलु करिडोरमा निर्माणाधीन भारतीय लगानीको एक जलविद्युत आयोजनाका प्रमुख कार्यकारी हुन् । तेह्रथुम पावरका तर्फबाट इप्पान उपाध्यक्ष बनेका मोहनकुमार डाँगी भने नयाँ अनुहार हुन् । यस्तै महासचिव गोरे शेर्पाले यति ग्रुपलाई प्रतिनिधित्व गर्छन् । सचिवहरुमा भरत बहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य चयन भएका छन् । पिपुल्स हाइड्रोलाई प्रतिनिधित्व गर्ने खत्री पनि नयाँ अनुहार हुन् । लिवर्टी इनर्जी प्रतिनिधित्व गर्ने रामप्रसाद आचार्य पनि नयाँ अनुहारका रुपमा इप्पानका सचिव बनेका छन् । बुद्धभूमि हाइड्रोलाई प्रतिनिधित्व गर्ने बलराम खतिवडा पनि नयाँ अनुहार हो ।  

कोषाध्यक्षमा आनन्द चौधरी चयन भएका छन् । उनी यसअघि पनि इप्पानमा थिए ।  यसैगरी सदस्यहरुमा भरतकुमार खड्का, उत्तम ब्लोन, प्रकाश दुलाल, भरत लामिछाने चुनिएका हुन् । महिला सदस्यमा कविता पोखरेल र अविज्ञा मल्ल चयन भएका छन् ।  चयन भएका सदस्यहरुमा म्याग्दीमा समस्याग्रस्त बनेको थापाखोला जलविद्युतका भरतकुमार खड्का, आरती पावरका प्रकाश दुलाल, एनएमबी बैंकका सञ्चालक एवं सीईडीबी हाइड्रो फण्डका उत्तम ब्लोन लामा र सर्वसाधारणमा शेयर निष्काशन गरेर समस्यामा परेको खानीखोला जलविद्युतका भरत लामिछाने थापा छन् ।

यो सूचीमा प्रतिनिधित्व गर्ने भरतकुमार खड्का दोहोरिएका हुन भने अरु ३ जना नयाँ अनुहार हुन् । महिला सदस्यतर्फ हिमशिला पावर कम्पनीकी कविता पोख्रेल कँडेल र युनियन हाइड्रोकी अभिज्ञा मल्ल पनि नयाँ अनुहार हुन् । यिनीहरु निर्विरोध चयन भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप