सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी विदेशमन्त्री पोम्पेओले ४ देशको भ्रमण गर्ने

सोमबार, ०८ भदौ २०७७, १२ : ५५
सोमबार, ०८ भदौ २०७७

एजेन्सी ।  संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्ने भएका छन् । अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो ।  

संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भनेका छन्– ‘विदेशमन्त्री पोम्पेओले यही अगष्टको २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमण गर्नुहुने भएको छ ।’  भ्रमणका क्रममा उनले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्ने भएका छन् । सो विज्ञप्तिमा जनाइएअनुसार विदेशमन्त्री पोम्पेओले इजरायल अमेरिका सम्बन्धका साथै अरु विविध क्षेत्रीय विषयमा पनि कुराकानी गर्नेछन् । 

सुडानमा पनि विदेशमन्त्री पोम्पेओले त्यहाँका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्ने भएका छन् । त्यसअवसरमा विदेशमन्त्री पोम्पेओले इजरायल र सुडानबीचको सम्बन्धका विविध पक्षहरुका साथै अमेरिकी सहयोगको वर्तमान नागरिक सरकारको समर्थन र सहयोगका पक्षमा कुराकानी गर्ने बताइएको छ ।

विदेशमन्त्री पोम्पेओले यस भ्रमणका क्रममा ती देशको शान्ति, सुरक्षा तथा स्थायित्वका बारेमा अमेरिकी सरकारको आवश्यक सहयोग र सद्भावका बारेमा कुराकानी गर्नुहुने भएको पनि सो विज्ञिप्तिमा जनाइएको छ ।

आगामी हप्ता इजरायल र संयुक्त अरब इमिरेट्सबीच हुन लागेको द्धिपक्षीय बैठकमा ती दुई देशबीचको व्यापार, पर्यटन, आर्थिक लगानी, दुई देशबीचको प्रत्यक्ष हवाई उडान, दुरसञ्चार तथा अन्य प्राविधिक विकासका क्षेत्रमा सहमतिमा हस्ताक्षर हुन लागेको बताइएको छ ।  यो विषयमा केही दिन अघि यी दुवै देशका तर्फबाट प्रकाशन भएको संयुक्त वक्तव्यमा जनाइएको सो समाचारमा उल्लेख गरिएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप