सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शाओमी नेपालद्वारा रेडमी इयरफोन सार्वजनिक, हाई—रेजुलोसन रेडमी इयरफोन रेडमीको फोन प्लसकै अंश

बुधबार, १७ भदौ २०७७, १७ : १५
बुधबार, १७ भदौ २०७७

काठमाडौं । शाओमी रेडमीको फोन प्लस रणनीतिलाई अगाडि बढाउँदै आज नयाँ रेडमी इयरफोनको घोषणा गरेको छ । यो रेडमी अडियो श्रेणी लाइनअपमा नेपालमा सार्वजनिक भएको दोस्रो उत्पादन हो । 

शाओमी नेपालले गत वर्षदेखि आफ्नो फोन प्लस रणनीतिको अंशको रुपमा अडियो श्रेणीमा प्रवेश गरेको छ । इकोसिस्टम उत्पादनको फोर्टफोलियो इकोस् अन्तर्गत ब्राण्डले पहिले नै मी ट्रु वायरलेस इयरबड्र्स, मी इन—इयर हेडफोन बेसिक र मी इयरफोन सार्वजनिक गरिसकेको छ । हालै नेपालमा उनीहरुले रेडमी ब्राण्ड अन्तर्गत पहिलो अडियो—रेडमी इयरबड्र्स एस सार्वजनिक गरिसकेका छन् र अब हाई—रेस प्रमाणित रेडमी इयरफोन सार्वजनिक गरेका छन् । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी हार्ई—रेस प्रमाणित रेडमी इयरफोन, हाम्रो फोन प्लस रणनीतिको अंशको रुपमा रेडमी लाइनअपको दोस्रो अडियो उत्पादन सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । एक ब्राण्डको रुपमा यो हाम्रो मी फ्यान र प्रयोगकर्ताहरुलाई विभिन्न श्रेणीका उत्पादनहरुको अनुभव प्रदान गर्ने प्रतिबद्धतामा अर्को चरण हो । हामी आशावादी छौं कि शाओमी नेपालको एक्सेसरिज स्पेसमा प्रवेशले हाम्रो देशभरका मी फ्यान र उपभोक्ताहरुलाई गुणस्तर अनुभवको मार्ग खुल्नेछ ।’

रेडमी इयरफोन
हाई—रेस अडियोद्वारा प्रमाणित रेडमी इयरफोनले अधिक प्राकृतिक र यर्थाथपरक सुन्ने अनुभव प्रदान गर्ने लक्ष्य राख्दछ । यसको १० एमएम ध्वनी ड्राइभरले गतिशील बेस, स्पष्ट कण्ठ र परिष्कृत ट्रेबल ल्याउँदछ । रेडमी इयरफोनले ह्यान्डस्—फ्री कलिंग सुविधाका लागि इन—लाइन—माइक पनि प्रदान गर्दछ ।

यसको मल्टी फंक्शनले इयरफोनबाट कल र गीत नियन्त्रण सक्षम गर्दछ । रेडमी इयरफोन उच्च गुणस्तरको सुक्ष्म एल्मुनियम धातुबाट तयार गरिन्छ र सिलिकन इयरप्लगको साथ आउँदछ । यो ३.५ एमएम मापदण्डमा आधारित छन् र यसमा १.२५ मिटर लामो केबलको विशेषता छ ।

उपलब्धता
रेडमी इयरफोन कालो, निलो र रातो रंगमा उपलब्ध हुनेछ । यसको मुल्य रु ७४९ रहेको छ र देशभरका आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाईन च्यानलमा छिट्टै उपलब्ध हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप