सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी विदेशमन्त्रीले एसियाका ३ देशको भ्रमण गर्दै

बुधबार, १४ असोज २०७७, १८ : ४३
बुधबार, १४ असोज २०७७

वासिङ्टन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले  अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण शुरु गर्ने भएका छन् ।  अक्टोबर ४ देखि ८ सम्ममा उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्नुहुने भएको अधिकारीहरुले जनाएका छन् । 

मन्त्रालयले जारी गरेको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री पोम्पेओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जानु हुनेछ ।” टोकियोमा रहेका बेला उनले अष्ट्रेलिया, भारत र जापानका विदेश मन्त्रीहरुसँग अक्टोबर ६ तारिखमा भेट्ने कार्यक्रम रहेको छ ।  

उनले उनीहरुसँग सहकार्य, एक आपसमा सहयोग आदान प्रदान र सम्वन्ध सुधारलगायतका विषयमा कुराकानी गर्ने जनाइएको छ । पोम्पेओले अक्टोबर ७ तारिखमा मंगोलिया र ७ र ८ तारिखमा दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप