बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वैज्ञानिक विधि र मापदण्ड अनुसार पीसीआरको शूल्क निर्धारण गरिदिन निजी अस्पतालहरुको माग

शुक्रबार, १६ असोज २०७७, १९ : ११
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एसोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूसन नेपाल (अफिन)ले पीसीआर परिक्षणको शूल्क वैज्ञानिक विधि र मापदण्डको आधारमा निर्धारण गरिदिन सरकारसँग माग गरेका छन् । 

अफिन तथा पीसीआर टेष्ट गर्ने निजी क्षेत्रद्वारा संचालित ल्यावहरु तथा अस्पतालहरुको बैठकले अहिलेको विषम परिस्थितिमा यो विषय वैज्ञानिक एवम् तर्कसंगत ढंगबाट समाधान गर्नुपर्ने तर्फ जोड दिएका छन् । 

अफिनले निजी क्षेत्रका ल्यावहरुले उठाएका मागलाई नाजायज भन्न नमिल्ने व्यहोरा पनि स्वीकार गरेको छ । तर अहिलेको विषम परिस्थितिमा यो विषय वैज्ञानिक रुपमा समाधान गर्नुपर्ने तर्पm विशेष जोड दिंदै पीसीआर टेष्टको शूल्क सम्बन्धमा सरकार र ल्याव संचालकहरुबीच यथेष्ट छलफल भई वैज्ञानिक विधि र मापदण्डको आधारमा शूल्क निर्धारण गरिदिनु हुन नेपाल सरकारसँग अफिनले माग गरेको हो ।

साथै यस विषयलाई सहि ढंगबाट समाधान गर्नेतर्फ एसोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूसन नेपाल (अफिन) को सकारात्मक सहयोग सधैँ रहने र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ल्याव संचालकहरुबीच वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारलाई अनुरोध गर्ने पनि जनाएको छ । 

वैठकले निजी क्षेत्रका ल्यावहरुलाई नागरिकको स्वास्थ्य परीक्षणमा वाधा पर्ने खालका कुनै पनि निर्णय गर्नु अगावै पेशागत मर्यादा, व्यवसायिक जिम्मेवारीलाई उच्चवोध हुनेगरी संयमित भएर सेवा संचालन गर्न अनुरोध पनि गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप