सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’  सार्वजनिक

आइतबार, ३० कात्तिक २०७७, १५ : ५७
आइतबार, ३० कात्तिक २०७७

काठमाडौ । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’  सार्वजनिक भएको छ । चर्चित उखान, टुक्काहरु समावेश गरि बनाइएको गीतमा बेनु पी मैनाली ‘ईट्टाघरे’ को शब्द तथा दीपक शर्माको संगीत छ ।

उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा सचिनलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गीतमा डान्सिङ्ग ग्रुप द कार्टुन क्रुको अभिनय देख्न सकिन्छ । सरोज अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा पवन सुशलिगको छायाँकन तथा सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप