आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अध्यादेशपछि परिषद् बैठकमा तीन जनाको ‘कोरम’ !

मङ्गलबार, ३० मङ्सिर २०७७, १८ : १९
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । नयाँ अध्यादेश अनुसार वालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमनत्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ अध्यादेश अनुसार परिषदको बैठक सुरु भएको जानकारी दिएका छन् । 

बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् ।  बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका छैनन् भने सभामुख अग्नि सापकोटा पनि गएका छैनन् । 

सरकारले मंगलबार ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भएपनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ । अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । यो प्रावधानले ३ जना सदस्य भए पनि बैठक बस्न सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप