सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीविरुद्ध स्थानीयवासीलाई उत्तेजित बनाएको आरोपमा वडा अध्यक्ष रुम्बा पक्राउ

आइतबार, ०९ फागुन २०७७, १२ : ४७
आइतबार, ०९ फागुन २०७७

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कान्छाराम रुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।  शनिबार राति करिब ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा अध्यक्ष रुम्बालाई नियन्त्रणमा लिएको हो ।

राक्सिराङ गाउँपालिका वडा –१ घ्याङ्सिङटार पारीभित्ता भन्ने स्थानबाट प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध गाँजा नियन्त्रण गर्न भन्दै प्रहरीको बा१ग २०९० नम्बरको भ्यानसहित सो क्षेत्रमा प्रहरी टोली पुग्दा स्थानीयलाई प्रहरीमाथि जाइलाग्न उत्तेजित बनाएको र हातपात गरेपछि रुम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए् ।

रातोपाटीसँग कुरा गर्दै राठौरले भने ‘लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरीको काममा स्थानीयहरुलाई उत्तेजित बनाई बाधा पुर्याएको र प्रहरीमाथि हातपात गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो ।’  तर लागूऔषध गाँजा नियन्त्रण तथा रोकथामका लागि भन्दै खटिएको प्रहरीले आफूसँग अन्य मानिसहरुसमेत लिएर गाउँलेलाई आतंकित पार्ने काम गरेको र त्यसको प्रतिकार गर्दा वडा अध्यक्ष रुम्बालाई पक्राउ गरेको स्थानीयको आरोप छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप