सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो हुनेछ आगामी बजेट

बजेट लेखन टोलीमा को–को छन् ?
सोमबार, २४ फागुन २०७७, ०९ : ४०
सोमबार, २४ फागुन २०७७

आगामी वर्षको बजेट लेखनको गृहकार्य शुरु भएको छ । यसका लागि  अर्थ मन्त्रालयले एउटा टिम बनाएको छ । जसले आर्थिक वर्ष २०७८/७९ को बजेटको मस्यौदा तयार पार्नेछ । राष्ट्रिय योजना आयोगले बजेटको सिलिङसमेत पठाइसकेको छ ।

आगामी बजेट कोभिडको असरलाई सम्बोधन गर्ने गरी बनाइने भएको छ । राष्ट्रिय गौरवको आयोजना तथा रुपान्तरणकारी आयोजनाको कार्यान्वयन र आर्थिक समृद्धिको आधार निर्माण गर्ने प्रकृतिका विकासका कार्यक्रम तथा आयोजना छनौट गर्नुपर्नेछ ।

अनावश्यक खर्च कटौती, रोजगारी सिर्जना गर्ने, दिगो र तीव्र विकास, विद्युत उत्पादनको बृद्धि, आगामी पाँच वर्षमा निजी क्षेत्रको लगानी उल्लेख्य वृद्धि गर्नुपर्ने भएकाले लगानी प्रबर्द्धन गर्ने आयोजना तथा कार्यक्रमलाई बढावा दिने लगायतका विषय प्राथमिकतामा पर्ने राष्ट्रिय योजना आयोगले जनाएको छ । यस्तै कोभिडका कारण निर्माण सम्पन्न हुन नसकेका आयोजना मध्ये थोरै मात्र काम बाँकी रहेको रोजगारी सिर्जना गर्ने रणनीतिक आयोजनालाई पुनः प्राथमिकिकरण गरी बजेट छुट्याउनु पर्नेछ ।

राष्ट्रिय योजना आयोगले के—के विषयलाई बजेटको प्राथमिकतामा पार्ने पनि खुलाएको छ । योजना आयोगले सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनामा आगामी बजेट निर्माण यसभित्र रहेर गर्नुपर्ने छ ।  आगामी आर्थिक वर्ष भित्रै सम्पन्न हुने आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने मध्यकालीन खर्च संरचना २०७८/७९ मा उल्लेख छ ।

अत्यावश्यकबाहेक नयाँ भवन निर्माण, सवारी साधन खरिदका लागि रकम प्रस्ताव गर्न पाइनेछैन ।  सरकारलाई आर्थिक भार पर्ने गरी  वैदेशिक भ्रमणको लागि रकम प्रस्ताव गर्न पाइने छैन ।

चालु आर्थिक वर्षको प्रगतिका आधारमा आगामी आर्थिक बर्षको लागि बजेट बिनियोजन गर्ने गरी बजेट बनाउनु पर्नेछ । आगामी बजेट तर्जुमा तथा मध्यकालीन खर्च संरचनामा बजेटमा के–के विषय समावेश गरिने स्पष्ट पारिएको छ ।

आगामी वर्षका लागि आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुखको नेतृत्वमा बजेट लेखन मस्यौदा टोली गठन गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन्  ।

बजेट लेखन टोलीमा को–को छन् ?

आगामी वर्षको बजेट लेखनमा गत वर्ष बजेट लेखनमा संलग्न दुई सहसचिव छन् भने तीन नयाँ अनुहार थपिएका छन् । यस पटकको मस्यौदा टोलीको संयोजक  सहसचिव डा. रामप्रसाद घिमिरे छन् । गत वर्षको बजेट लेखनको संयोजक रहेका श्रीकृष्ण नेपाल यो पटक पनि मस्यौदा टोलीको सदस्य हुन् । गत वर्ष सदस्यको रूपमा रहेका बजेट महाशाखा प्रमुख धनीराम शर्मा भट्टराई यो वर्ष पनि लेखन समितिमा रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप