सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रेष्ठको निधनबाट प्रगतिशील आन्दोलनमा क्षति: प्रधानमन्त्री ओली

मङ्गलबार, ०३ चैत २०७७, २२ : ३७
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा.माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताएका छन् । उनले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पुर्याउनुभएको योगदानलाई स्मरणसमेत गरेका छन् ।

माक्र्सवादको गहिरो अध्ययन गरेका प्रा. श्रेष्ठ विसं २०१४ मा काठमाडौँ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत रहेका थिए । प्राध्यापन पेशामा लामो समय बिताएका श्रेष्ठले वामपन्थी आन्दोलन लागेकै कारण जागिर गुमाएका थिए । मिर्गौला र मुटु रोगबाट पीडित उनको ८९ वर्षको उमेरमा आज निधन भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप