आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संविधान र कानूनको पालना गरेर काम गर्छुः महान्यायाधिवक्ता बडाल

आइतबार, ०८ चैत २०७७, २२ : ३५
आइतबार, ०८ चैत २०७७

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आज पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण लगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । महान्यायाधिवक्ता बडालले पद भारका क्रममा संविधान, कानूनलाई पूर्णरुपमा पालना गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । महान्यायाधिवक्ता कार्यालयले अगाडि सारेका योजनालाई अगाडि बढाउने बताए ।

सो अवसरमा पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई बिदाइ गरिएको थियो । बिदाइका अवसरमा खरेलले आफूले महान्यायाधिवक्ता भएर केही सुधारका कामहरु शुरु गरेको र त्यसलाई थप अघि बढाउन आग्रह गरे । नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ताको नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार यही चैत ६ गते महान्यायाधिवक्तामा बडाल नियुक्त भएका हुन् । सोही दिन पूर्व महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप