सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मापसे गरेर ‘प्रेस पास’ बोकेका चालकले ठक्कर दिँदा ४ जना घाइते

आइतबार, ०२ जेठ २०७८, २२ : २८
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । काठमाडौंको कलंकीमा मदिरा सेवन गरेर पत्रकारको परिचयपत्र बोकेर हिँडेका चालकले दुर्घटना गराएका छन् । कलंकीबाट बाफल जाँदै गरेको प्रदेश–३–०१–०२४ च ०६०४ नम्बरको कारले कलंकीस्थित ज्ञानोदय मार्गमा चारवटा सवारीलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट ट्राफिक प्रहरी जवानसहित ४ जना घाइते भएका छन् । ट्राफिक प्रहरी जवान विजयसिंह ऐरलाई उपचारका लागी प्रहरी अस्पतालमा पठाइएको छ । अन्य ३ जनाको कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

भगवती मिडिया क्रियशन प्रालिबाट जारी पत्रकार परिचयपत्र बोकेका चालक गणेशबहादुर परियारलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको छ । उनले बोकेको परिचयपत्रबारे भेरिफाई गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

मापसे गरेर अनियन्त्रित तवरले ५३ वर्षीय परियारले चलाएको गाडीले दुईवटा मोटरसाइकल र दुईवटा गाडीलाई ठक्कर दिएको ट्राफिक महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप