सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आमासहित छोराछोरी मृतावस्थामा भेटिए

मङ्गलबार, ११ जेठ २०७८, २० : ३६
मङ्गलबार, ११ जेठ २०७८

प्युठानमा  एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन् । प्युठान नगरपालिका –२  चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र  पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएको अवस्थामा तीनैजनालाई  फेला परेको हो । 

गायत्री सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइती जान  भनेर घरबाट निस्किएकी ससुरा गिरबहादुर सुनारले बताए । उनले छोरा  रोजगारीका लागि भारतमा रहेको जानकारी दिए   । ती शव  पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप