सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनगढी बसपार्कमा एक पुरुषको हत्या, ४ किशोर पक्राउ

शुक्रबार, १४ जेठ २०७८, २३ : ०४
शुक्रबार, १४ जेठ २०७८

कैलाली । कैलालीमा एक पुरुषको हत्या गरेको आरोपमा ४ किशोर पक्राउ परेका छन् । जिल्लाको धनगढी बसपार्कको प्रतीक्षालयमा सुतिरहेका व्यक्तिमाथि लुटपाट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ किशोरलाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ त्रिवेणी चोक बस्ने १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका ३ बस्ने १९ वर्षीय प्रविण ऐर, डोटी पूर्वी चौकी गाउँपालिका ४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीका घोडाघोडी नगरपालिका १ बस्ने १८ वर्षीय युवराज शाही रहेका छन् ।  

बिहीबार राती १२ बजे प्रतीक्षालयमा रगतम्य अवस्थामा एक पुरुष ढलेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले प्रतीक्षालयमा ढलेका पुरुषलाई मृत अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई जानकारी दिए । उनको साथमा रहेको पैसा लुटपाट गरी हत्या भएको अनुमान प्रहरीले  गरेको छ  । पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप