सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोभिड संक्रमितको उपचारमा खटिएका चिकित्सकको मृत्यु

बिहीबार, २० जेठ २०७८, १३ : ५९
बिहीबार, २० जेठ २०७८

भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा.पशुपति रजौरियाको बुधबार राती मृत्यु भएको हो । डा.रजौरियाको संक्रमणका कारण मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिए ।

कपिलबस्तु घर भएका डा.रजौरियाको केही महिनाअघि मात्र विवाह भएको थियो । उनीसँगै श्रीमती पनि कोभिड संक्रमित भएकी थिइन् । श्रीमती डा.हसिना वानु संक्रमणमुक्त भएपनि डा.रजौरियाको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु दुवैजना सोही अस्पतालमा कार्यरत थिए । श्रीमती वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् । प्रशासन प्रमुख गुरुङका अनुसार सो अस्पतालमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप