सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा कार दुर्घटना, काँग्रेस नेता भण्डारीका भाईको मृत्यु

मङ्गलबार, १५ असार २०७८, २२ : ४७
मङ्गलबार, १५ असार २०७८

मंगलबार साँझ रुपन्देहीमा भएको कार दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गुल्मीका डा.शंकर भण्डारीको मृत्यु भएको हो । रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो ।

डा.भण्डारीको दुर्घटनामा परेर मृत्यु भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले रातोपाटीलाई जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा मुटु अस्पतालमा ल्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

भण्डारी आफैंले चलाएको कार कल्भर्डमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।  कारमा सँगै रहेका आफन्त थानेश्वर भण्डारीको अवस्था भने सामान्य रहेको छ । मृतक भण्डारी काँग्रेस नेता चन्द्र भण्डारीका कान्छा भाई हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप