आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जग्गाधनीलाई धम्की दिएको आरोपमा एकजना पक्राउ

बिहीबार, १० भदौ २०७८, २१ : १९
बिहीबार, १० भदौ २०७८

जग्गा लिजमा लिएर सोही जग्गाका धनीलाई धम्की दिएको आरोपमा काठमाडौं प्रहरीले सञ्जय श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले काठमाडौं महानगरपालिका–१ नक्सालमा रहेको उर्मिलाकुमारी खड्का (शर्मा)को जग्गा भाडामा लिएका थिए । श्रेष्ठले करार सम्झौता सकिएपछि पनि नछाडेको र जग्गाधनीलाई धाक धम्की दिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

श्रेष्ठले १० वर्षअघि जग्गा भाडामा लिएर अन्य व्यक्तिहरुलाई भाडामा लगाई रकम उठाउने गरेका थिए । करार संझौता सकिएपछि जग्गा छाड्न आग्रह गर्दा श्रेष्ठले जग्गा धनीलाई गाली, गलौज र धम्की दिएको भन्दै उर्मिलाकुमारी खड्काले प्रहरीमा उजुरी गरेकी थिइन् । श्रेष्ठको पृष्ठभूमि गुण्डागर्दी  रहेको एसपी बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप