सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘का बेमान’ ल्याउँदै हास्य कलाकार रवि

सोमबार, १४ भदौ २०७८, १६ : २३
सोमबार, १४ भदौ २०७८

चर्चित हास्य कलाकार रवि डंगोल नामले भन्दा बढी कलाकारिताको थेगो ‘का बेमान’ले चिनिने गर्दछन् । धेरै पहिलेको सिरियल ‘तितो सत्य’ अभिनयबाट यो थेगो पाएका डंगोलले अब यहि नामबाट सिरियल ल्याउने भएका छन् । उनकै लेखन तथा निर्देशन रहेको सिरियल ‘का बेमान’ २७ भदौबाट प्रसारणमा आउने छ । नेपाल टेलिभिजनबाट प्रत्येक बिहीबार राति ८ ः ५० बजे प्रसारण हुन लागेको सिरियलमा समसामयिक बिषय कमेडीमार्फत प्रस्तुत गरिने कलाकार तथा निर्देशक डंगोलले बताए ।

रवि डंगोल, पूर्ण थापा, मञ्जु श्रेष्ठ, मुकुन्द मैनाली, कृष्णभक्त महर्जन, सविन शाक्य, युगज्योति क्रियाशील, रेश्मा तिमिल्सिना, सविता खड्का, समिक्षा पौडेल, अन्नपूर्णेश्वरी श्रेष्ठ, स्वानिका बास्तोला आदि कलाकारले अभिनय सिरियलमा रहनेछ ।

टंक बुढाथोकीको स्वर तथा संगीतमा एउटा शीर्षक गीत समेत रहेको सिरियलको गीत शैलेन्द्र सिंखडाले लेखेका हुन् । किरण तुलाधर र बालकृष्ण वंशीको पाश्र्व संगीत रहेको सिरियलमा विवेक रिजालको सम्पादन र दिलिप विष्टको छायाँकन छ । कलाकार डंगोल केही अगाडि कोरोना संक्रमित समेत भएका थिए । जसबाट उत्रिन उनले ठूलै संघर्ष गर्नुपरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप