सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुब्बाको संयोजकत्वमा एमालेको १५ सदस्यीय निर्वाचन आयोग गठन

आइतबार, १७ असोज २०७८, १७ : ३८
आइतबार, १७ असोज २०७८

नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गरेका थिए ।

ओलीले आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा.कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल रहेको पढेर सुनाएका थिए । त्यसैगरी अन्य सदस्यहरूमा टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहेका छन् । हलले ओलीले प्रस्ताव गरेका नामहरू अनुमोदन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप