सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित एक युवती पक्राउ

शुक्रबार, २२ असोज २०७८, १० : १७
शुक्रबार, २२ असोज २०७८

कैलालीको धनगढीबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको अजयमेरु गाउँपालिका घर भएकी ३४ वर्षीया आशा विष्ट छिन् । उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस  बरामद गरिएको जिप्रका कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले रातोपाटीलाई बताए । आरोपी धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा डेरा लिएर बस्दै आएकी छिन् ।  

वडा प्रहरी कार्यालय धनगढी बाट खटिएको टोलीले उनको डेराबाट सो लागुऔषध बरामद गरेको हो । आरोपीबिरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप