बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोभ्याक्सिन ‘अति प्रभावकारी’, सुरक्षा चिन्ता लिनुपर्दैन

शुक्रबार, २६ कात्तिक २०७८, १२ : ४३
शुक्रबार, २६ कात्तिक २०७८

भारतमा विकास भएको कोभिड १९ खोप कोभ्याक्सिन अति प्रभावकारी रहेको प्रतिष्ठित मेडिकल जर्नल लान्सेटले जनाएको छ । ‘वयस्कहरुमा कोभ्याक्सिन अति प्रभावकारी देखिएको छ,’ लान्सेटको अध्ययन प्रतिवेदनले भनेको छ,‘अन्तरिम विश्लेषणका दौरान सुरक्षाको कुनै प्रश्न उठेको छैन ।’

गत सातामात्रै को भ्याक्सिनले विश्व स्वास्थ संगठनबाट आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । यो खोपले अहिल्यै १७ वटा देशमा प्रयोगको अनुमति पाइसकेको छ । बीबीभी १५२ कोडले चिनिने यो खोप निष्क्रिय बनाइएको भाइरसमा आधारित कोभिड १९ खोप हो । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च एन्ड द नेशनल इन्स्टिच्युट अफ भिरोलोजीसँगको सहकार्यमा भारत बायोटेकले यसको विकास गरेको हो ।

सहज भण्डारण क्षमताका कारण यो खोप न्युन र मध्यम आय भएका देशहरूका लागि अति उपयुक्त हुने डब्ल्युएचओले जनाएको छ । डब्लयुएचओबाट मान्यता पाएका अन्य केही खोपहरू अति न्युन तापक्रममा भण्डारण गर्नुपर्ने मापदण्ड छ, जसकारण खर्च बढी हुन जाने गर्दछ ।  

यो खोप एक महिनाको अवधिमा दुई डोज लगाउन सकिन्छ र यसको सुरक्षा प्रभावकारिता दर ७८ प्रतिशत रहेको डब्ल्युएचओले जनाएको छ । डब्ल्युएचओबाट यसअघि नै  फाइजर/बायोनटेक, मोडर्ना, एस्ट्रेजेनेका, जोन्सन एन्ड जोन्सन, सिनोफार्म र सिनोभ्याकलले आपतकालिन प्रयोगको अनुमति पाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप