बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुस्तक अंश : ​महाकविविज्ञको भाग्य

शनिबार, २७ कात्तिक २०७८, १२ : ३७
शनिबार, २७ कात्तिक २०७८

जीवनको कुन उमेरले भाग्यमानीको मापन गर्छ मानिसमा ? कस्ता होलान् अभागीका अनावरण ? उत्तर नभेटिने प्रश्नजस्ता लाग्छन् झट्टहेर्दा । खोजे नभेटिने केही छैन भन्छ विज्ञानले । त्यही भन्छन् विद्वान् पनि । कुरो आजको मात्र होइन । हिजो र भोलिको पनि । नहुने रहेछ उत्तर समग्रमा ।

 पानीजस्तै देखिने एक । भए पनि हुने फरक । भए पनि जतिसुकै विशाल । हुन्छ पानी मिलेको । कस्तो होला त्यही पानीे खुसी हुँदा ? कस्तो होला रिसाउने पानीको स्वरूप ? पानी भनेकै पानी नै हो जस्तो भए पनि । लाग्छ त्यस्तै भाग्यमानी भनेको पनि । 

के होे भाग्य र कसरी बनिन्छ भाग्यमानी ? हातका पन्जाका धर्सामा देखिन्छ कि ? जन्मपत्रिकाको हिसाबले निस्किन्छ ? कि छैँटीमा हुन्छ लेखिएको ? बन्नसक्छ आजको सुख भोलिको दुःख पनि । हुँदैनन् भाग्यमानी कोही तुलनाले । परिभाषा नै हुन्छ पृथक् प्रत्येकमा । मिल्दैन एकको अर्कोलाई । भएजस्तै फरक अनुहार । भएजस्तै स्वभाव फरक । हुँदोरहेछ भाग्यमानी पनि फरक ।

पुगिँदैन हिँडेर कहीँ । सुख खोज्न सुखैको बाटो । त्यतिबेला नजिक हुन्छ सुख । हुन्छ अनुभवी परेपछि पाइताला दुःखमार्गमा । गर्नखोजिएको हो गणितीय सूत्रमा । सिर्जनाको हिसाबकिताब प्राडा. कुमारबहादुर जोशीको ।  

प्राडा. कुमारबहादुर जोशी

नहुँदै बहादुर कुनै किसिमले पनि कुमारबहादुर । मुन्द्री लगाइएको थियो कानमा । साइत छोपेर धर्ती अवतरणको । बाँचोस् भनेर बेचिएको थियो कुमालेलाई । खोजियो जीवन पहिले । त्यसपछि दीर्घजीवन । भएको थियो मृत्यु दुई वर्षमै उहाँको दाजुको । चिन्ता बाउआमाको । लगाइएको थियो मुन्द्री कुमारबहादुरलाई । नदोहरियोस् भन्ने पुत्रपीडाको त्रासले । भएर बढी विश्वास परम्पराले । 

मङ्गसिरको महिना थियो तेइस गते ,उन्नाइस सय अन्ठानब्बेको । काठमाडौँको माटोमा एउटा ज्यान थपिनुभएको थियो कुमारबहादुर जोशीको । मिल्यो काठमाडौँकै माटोमा  सतहत्तर वर्षपछि । आयु उहाँको वर्ष महिना र दिनको । लगाएर भएको हो कि कानमा मुन्द्री ? कि किनेपछि बाँचेको कुमालेले ? कि लेखिएकै थियो जन्मचिन्हामा ? भनेका के होलान् चामल केलाएर हेर्ने ज्योतिषीले ।

गुरु हुनुहुन्थ्यो कुमारबहादुर । शिक्षित र दीक्षित गरेर बिताउनु भो दिव्य चालीस वर्ष । पढाएरै प्राध्यापक हुनुभो पढाएरै डाक्टर पनि । पढेर महाकवि देवकोटाविज्ञ पनि । महाकविमाथिको पहिलो पिएचडी पनि । कुमारबहादुर नामअगाडि जोडियो डा. पनि र प्रा. पनि । प्राप्ति सानो हुँदै होइन यो । रहर गरेर जोसुकैले पूरा गर्नसक्ने पनि होइन यो । 

 लेख्नुभो कविता । लेख्नुभो निबन्ध । गर्नुभो अन्तर्वार्ता । विशेष नै भयो समालोचना त । होइन ठूलो कुरा लेख्नु र हुनु मात्रै । परिचय हो, आप्mनो लागि र अरूका लागि पनि । हो सफल, लेखेकै विधामा स्थापित हुनु । प्रतिष्ठित हुनु । सफल हुनु नै हो भाग्यमानी हुनु पनि । अक्षर कोरेर नै जित्नुभाथ्यो मनहरू कुमारबहादुरले । प्रमाणित गर्छ भाग्यमानी नै उहाँलाई ।

बित्नुभो बाबु आठ वर्षकै हुँदा । नबुभ्mदै उमेरमा दुःख । थाप्नुप¥यो नहुँदै काँध दह्रो । सानैमा बन्नुप¥यो ठूलो । नबुझे पनि भोग्नुप¥यो दुःख ।

जुराएको भाग्यले नै थियो लक्ष्मीलाई । ठाउँ पनि काठमाडौँ नै दुवैका । जातले नेवार दुवैजना । पढ्ने संस्कृत सँगसँगै । पहिलो हुने कुमार तेस्रो हुने लक्ष्मी चौध सालमा । व्यङ्ग्य बनेको थियो संस्कृत पढ्नैपर्नेहरूका लागि । नेवारले संस्कृत पढ्नु त्यसै चासोको विषय । भएका जतिलाई उछिन्नु । उदाहरण पनि र ईष्र्या पनि । 

उदाहरण बन्नुभएका नेवारनेवार्नी नै हुनुभयो एकैघर धुरीमुनि । भातभान्छा पनि । हुनुपर्ने जति हुनसकेन सहयात्रा । सकियो छिटै जीवन लक्ष्मी जोशीको । बज्रपात निकै ठूलोे । चिन्ताको भारी पनि ठूलै । दुख्नसम्म दुख्नुप¥यो उहाँलाई । गर्नुपर्ने व्यवहारले र एक्लोपनले ।

साथ दियो समयले फेरि कुमार सरलाई । बिर्साइदिनुभो लक्ष्मीको दुःख सरस्वतीले ।  भित्र्याउनुभो खुसी सरस्वतीले । बाहिरियो सन्तान र आफन्तको खुसी । बनेन संयोग भित्रिनु र बाहिरिनु मात्र । बन्यो दुर्घटनाकै एक प्रकार पनि । तरिका मिलेको तर सूत्र नमिलेको गणितजस्तै । 

राजधानीको सम्पन्न परिवार । राजवैद्य शेरबहादुरका नाति । चर्चित कविराज प्रेमबहादुरका पुत्र । साहित्यका डाक्टर । हुनुहुन्थ्यो आयुर्वेदका अध्येता । रोगले थचक्कै पर्नुपर्ने पनि उहाँ नै  । बाउबाजे अरूलाई बिसेक पार्ने । कुमारबहादुरको भने दुईदुई पटक किड्नी काम नलाग्ने । 

बोकिरहेजस्तो दुःख, पीडा, समस्या पनि । हार्नुभएन कहिल्यै कुमार सर । छोड्नु भएन मुस्कुराउन पनि कहिल्यै । हो रहेछ । जितिन्छ आधी लडाइँ आत्मविश्वासले भनेजस्तै । जित्नुभो आत्मविश्वासले नै सबै समस्यालाई । जित्नुभो अलिकति कीर्तिले । अलिकति कृतिले ।

 जिताएकै हो स्वभाव र शुभचिन्तकले पनि । कमाउनै भएको रहेछ इष्टमित्र भनेजति । बहादुर नै हुनुहँुदो रहेछ कुमारबहादुर हरेक दृष्टिले । हुन् अलिअलि मात्र भएका जति । हुनुहुुन्छ पूरापूर गर्ने गराउने त सरस्वती भाउजू नै । 

रहेछ जोशी हुनलाई नै । सरस्वती प्रधानले जोगाउनुभएको बैँस । भयो त्यस्तो नै । हुँदोरहेछ देखिएको भन्दा लेखिएको नै । भेटिएको नै सत्य रहेछ देखिएकोभन्दा । हुनुहँदोरहेछ सरको सेवाका लागि नै । गर्नुभएको छ डिग्री दुई विषयमा । हुनुभएर अर्धाङ्गिनी । गर्नुभो सेवा नर्सजस्तै । बन्नुभो बहादुर पनि । लैजानुभएर एक्लै विदेशमा । सरको किड्नी प्रत्यारोपणका लागि । 

छोड्दै गयो काम गर्न फेरि किडनीले । नहुँदै पाँच वर्ष । दोहरियो फेरि त्यही समस्या । बल्झियो बल्लबल्ल टारेको समस्या झन् डरलाग्दो बनेर । फेर्न नपाउँदै सुखको सास राम्रोसँग । दुःखमाथि खप्टियो दुःखैदुःख । बढिरह्यो समस्याको तौल प्रत्येक दिन । 

धन्य आँधी रोकेर पनि भित्रिनुभएको थियो सरस्वती भाउजू । साथ, सहयोग र भर पनि उहाँकै । आत्तिनुभएको त होला कतिकति । देखाउनु भएन पटक्कै । विवाह गरेको एघार महिनामै । गर्नुप¥यो श्रीमान्का लागि सङ्घर्षको यात्रा । बन्नुप¥यो अभिभावक नै श्रीमान्को । 

थियो समय पाइला फुकेर बिताउनुपर्ने । सम्हाल्ने कसले आपैm आत्तिए । हनुहुन्थ्यो बुभ्mने । बनाउनुभो सक्रिय सिर्जनामा । थाल्नुभो लेख्न कुमारबहादुर । लाग्नुभो साफी गर्न । गर्नुभो सङ्कलन र प्रकाशनमा सरस्वती भाउजू । प्रत्यारोपणको पाँच वर्षमा निस्कियो पनि पाँचै कृति । परे विश्वविद्यालयको पाठ्यक्रमा पनि । पुरस्कार पनि पायो एउटाले एक लाख राशिको । पाउनुभएको थियो सरस्वतीजस्तै सरस्वती भाउजू । सानो भाग्य होइन उहाँको । भाग्यमानी होइन भन्नै मिल्दैन कुमारबहादुर सरलाई । 

‘बरु सास फेर्न बिर्सनु तर औषधि खान नबिर्सनू’ । थियो डाक्टरको सुझाव र चेतावनी पनि । रमाउनथाल्नुभो औषधिभन्दा अक्षरमा । तयारीमा जुट्नुभो पाँचपाँच पुस्तकको । अक्षरको अलमलमा बिर्सनुभो औषधि खान सायद । दोह¥याएर काम नलाग्ने भो किड्नी ।

पर्ने नै भयो फेरि प्रत्यारोपण नै । थियो गाँठी कुरा खर्चकै । थपिए सहयोगी हातहरू । बेच्नुप¥यो किताब ‘कुराकानी’ पनि । प्रतिलिपि अधिकारसहित पचास हजारमा । ठान्नुभो सन्तान बेचेको भैmँ कुमारबहादुर सरले । रुनुभो पाँच दिन । खानु भएन खाना । गर्नुभो विरह ।

 गर्नु के ? यस्तै हो बाध्यता भनेको । होे सिर्जनाको सम्मान पनि । हो अप्ठ्यारोको उपाय पनि । मूल्य पनि हो साधनाको । हो यही सम्मानले सहयोग गरेको सरकारले । गरेको सहयोग सङ्घसंस्था र शुभचिन्तकहरूले । बिर्सन नहुने यो पाटोलाई बिर्सनुभयो सरले । 

बढेको छ समय स्वार्थको । बढिरहेको छ जुलुस त्यस्तै । मै खाउँ, मै लाउँ, मै हाँसू, मै बाँचू भन्नेहरूका । घटेनन् सरको सम्बन्धमा आवश्यकता छ भन्नेहरू । जोगाउनुपर्छ जसरी पनि भन्नेहरू । भए नामभन्दा काम बढी । 

देशमा बिरामी कति छन् कति ? असाहय र कमजोर कति छन् कति ? किड्नी फेर्नुपर्नेहरू पनि छैैनन् कम । चासो सबैको बन्नुभो उहाँ नै । मापन हुने यसरी नै होला सिर्जना सफलताको । नत्र किन प्रधानमन्त्री आउँथे निवासमा । किन आउँथे प्रमुख प्रतिपक्ष दलका नेता । किन आउँथे पूर्व प्रधानमन्त्री र उपप्रधानमन्त्री । कुरै भएन लेखक साहित्यकारका । पुगिरहन्थे पत्रकारहरू पनि । जोजो आए पनि जेजे गरे पनि हैँस्टे मात्र हो समस्याको । होस्टे गर्ने हो भाउजू सरस्वती नै । बन्नुभो आयुको औषधि कुमार सरको ।

हो यस्तै अक्षरको आराधना भनेकै । चुर्लुम्मै डुब्ने तपस्यामाजस्तै । नत्र किन अरूले चार पाँच वर्षमा पूरा गर्ने पिएचडीलाई । किन लगाउनुहुन्थ्यो दस वर्ष ? बनिसक्नुहुन्थ्यो नत्र डाक्टर त्रिचालीस सालअघि नै । पार्नुभएछ तीनवटा चकटीमा प्वाल । बसेर दस वर्षमा । तयार बनाउन ‘महाकविको कवितायात्रा र त्यसका मोड उपमोडहरूको विवेचना’ । 

थियो पर्याय नै लेख्नु र बाँच्नु । फेरेजस्तै सास । बस्नै नसक्ने नलेखेर । हुनसक्थेन नत्र चौबीस सिर्जनात्मक कृति । आठ सम्पादित कृतिमा प्राडा. कुमारबहादुर जोशी लेखिन ।

नचिताउने कसैमाथि कुभलो । नराख्ने कसैप्रति ईर्ष्या र द्वेष । बनेको होला कसरी क्रूर नियति मात्रै । हुनुभाथ्यो खुसी बीस सालमै । पदक पाउँदा निबन्ध प्रतियोगितामा । हुनुभो खुसी निबन्धकै पहिलो कृति निस्कँदा । डाक्टर बन्दाको खुसी । प्राध्यापक बन्दाको खुसी । पुरस्कार र पदक पाउँदाको खुसी । जोखेको भए कति हुन्थ्यो होला खुसीहरू । 

पीडा अर्कोतिर दुईदुईपटक किड्नी प्रत्यारोपणको । पीडा हृदयघातको । जण्डिसको पीडा । पित्तथैलीमा ढुङ्गाको पीडा । आँखाको नसा चुँडिएर दायाँ आँखाको ज्योति गुम्ने पीडा । दाँतको पीडा । थुप्रिनसकेको कति रोग एउटै शरीरमा ? गाह्रो सुन्दा मात्र पनि । होला कति भोग्नेको पीडा । स्याहार्नेको होला झन् कतिकति ? 

 भइरहेर पनि सबै हुनुहुन्थ्यो सरस्वती भाउजू तपार्इंसँग । दुईदुई पटक विदेशमा लगेर किड्नी फेराएर ल्याउनसक्ने । कति साहसी ? आँटिलो कति ? बहादुरभन्दा बढी बहादुर । आधुनिक सावित्रीजस्तै । सजिलो साइतले जुरेको होइन तपार्इंको भाग्यमा सरस्वती भाउजू । 

भाग्यमानी हुनुभएको यति । बेचिएकै कारण हो त कुमालेलाई ?

पुख्र्यौली सम्पन्न तपाईं । भएको जति अंशमा बाँडफाँट गर्ने पनि तपाईं । उपचारलाई दस लाखका लागि हारगुहार गर्नुपर्ने पनि तपाईं नै । महाकवि देवकोटा विज्ञ हो तपाईं । तपाईंको पारा पनि देवकोटाकोजस्तै । त्यसै भन्छ देवकोटाको कविता –

सबै खोज्छन् सुख भनी सुख त्यो कहाँ छ 

आपूm मिटाई अरूलाई दिनु जहाँ छ 

होइन असत्य दुःखभित्र सुखको ज्योति हुन्छ भनिएको । हिँडेपछि मात्र दुःखको बाटो । हुन्छ अनुभव सुखको भनेको । कसरी जन्मन्थ्यो नत्र ? जीवन मरणको दोसाँधमा पनि । दुई पुस्तक ‘मृत्युशैय्याबाट बिउँझेर’ र ‘दोस्रो पुनर्जन्म’ । 

गरेको रहेछु अन्तर्वार्ता अन्ठाउन्न सालमा मधुपर्कमा । जानुअघि दोस्रो प्रत्यारोपणमा । ज्ञान र अनुभवको मात्र होइन । जमेरै गर्नुभाथ्यो कुरा किड्नी रोगबारेमा पनि । गइरहन्थेँ म काम हुँदा र नहुँदा पनि । हुन्थे दर्जनौँ भेटमा दर्जनौँ सन्दर्भका कुरा । हुन्थ्यो कुरा मधुपर्क र गोरखापत्रको पनि । भन्नुभएन कहिल्यै । काम गर्नुभएको गोरखापत्रमा इलाम समाचारदाता भएर ।  

सुरु भएको थियो कवितायात्रा गोरखापत्रबाटै उन्नाइस सालमा । ‘भन्नोस् माँ म के हेरूँ ?’ शीर्षक राखेर । लेखिरहनुभो जीवनभरि । लाग्दैन पाउनुभएजस्तो जवाफ कविताको । होइन तपाईं मात्र । सक्दैन कसैले पनि पाउन जवाफ यो कविताको । लेख्नेजति सबैले खोजिरहने जवाफ हो यो । 

छ मृत्यु निश्चित । छैन नजानेको कसैले । गर्दैन जानेजस्तो पनि कसैले । चलाइरहनु पर्छ जसरी भए पनि । मृत्यु बोकिरहेछौँ भनेर । थुन्दैन गुुफामा जीवनलाई कसैले । 

धनानि भूपौ पशवश्च गोष्ठे

भार्या गृहद्वारि जनःश्मशाने

देहश्चितायाँ परलोकमार्गे

कर्मानुगो गच्छति जीव एकः

अर्थात् आपूmले कृत्य–कृत्य गरी कमाएको जे जति धन दौलत छन् । ती सबै भूमिमै छाडिन्छन् भने गाईवस्तु गोठमै बस्छन् । आप्mनी श्रीमती, आपूmले जिन्दगी बिताएको घरको मूलढोकासम्म आउँछ । भाइबन्धु र प्रियजनहरू चाहिँ श्मशान घाटसम्म सँगसँगै आउँछन् । आप्mनो शरीर जसमा आपूmले राज गरी पृथ्वीमा विभिन्न चर्तिकलाहरूको अभिनय गरेको छ । सो शरीर पनि चितासम्म मात्र साथमा रहन्छ । परलोकको बाटोमा त हेर आप्mनो जीव वा प्राण वा आत्माको साथमा केवल आपूmले गरेको कर्मको फल मात्र हुन्छ ।

जवाफ दिनुभएको थियो अन्तर्वार्तामा यही । होला, हुनसक्ला पनि तपाईंले भनेजस्तै । बिर्सिरहेका छन् मानिस बाँच्ने व्यस्ततामा । जीवनको व्यस्ततामा । जागिरको व्यस्ततामा । सिर्जनाको व्यस्ततामा । रोगको व्यस्ततामा पनि । 

 जान्नुभयो तपाईं प्राध्यापक डाक्टर कुमारबहादुुर जोशीले । भन्नुभयो र भयो छोड्नु पनि । जो हामी पाइरहेका छौँ । भनेको त्यसैले तपाईं भाग्यमानी भनेर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप