आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनयमा फर्किइन् चम्सुरी

बुधबार, ०१ मङ्सिर २०७८, ११ : ०८
बुधबार, ०१ मङ्सिर २०७८

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् । दुबै मृगौला फेल भएका कारण विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् । आफु अभिनयमा फर्किएको डंगोलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘आज बेलुका ‘मेरी बास्सै हेर्नुहोला । म भेट्न आउँदैछु ।’

चम्सुरी अभिनयमा फर्किदा ‘मेरी बास्सै’ युनिटले छायाङ्कन सेटमा भव्य स्वागत समेत गरेको थियो । उनको मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी रहेको छ । करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना अगाडि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । सोही समयदेखि उनी अभिनयबाट टाढा भएकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप