सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नम्रता मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश

शुक्रबार, २४ मङ्सिर २०७८, १५ : ०६
शुक्रबार, २४ मङ्सिर २०७८

नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी नम्रता श्रेष्ठ प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेकी छन् । उनी हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियाका प्रतियोगिलाई हराउँदै ३० भित्र आफ्नो नाम सुरक्षित गर्न सफल भएकी हुन् ।

अन्तिम ३० मा नेपाल सहित पाराग्वे, क्यामरुन र फिलिपिन्सलगायतका प्रतियोगी प्रवेश गरेका छन् । प्रतियोगितामा नेपालले ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा बिगतका झै उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी राज्य पुएर्तो रिकोमा भैरहेको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम स्पर्धा डिसेम्बर १६ मा आयोजना हुँदैछ । मिस नेपाल वल्र्डको उपाधि जितेपछि उनले मिस वल्र्डमा सहभागी अवसर पाएकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप