बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लङ कोभिड : संक्रमितको फोक्सोमा भेटियो खराबी

आइतबार, १६ माघ २०७८, १३ : २१
आइतबार, १६ माघ २०७८

कोभिड संक्रमण भएको धेरै हप्तासम्म कोरोनाका लक्षणहरु देखिनुलाई लङ कोभिड भनिन्छ । लङ कोभिड भएका व्यक्तिहरुको फोक्सोको भित्री भागमा खराबी आएको भेटिएको पछिल्लो एक अध्ययनमा पत्ता लागेको छ । बेलायतमा गरिएको उक्त अध्ययनले लङ कोभिड भएका व्यक्तिहरुको फोक्सोको भित्री भागमा खराबी आएको पत्ता लगाएको हो । यो प्रमाण स्क्यान गर्दा पत्ता लागेको बीबीसीमा उल्लेख छ । 

उक्त अध्ययनका क्रममा वैज्ञानिकहरुले नोबल जिनोन ग्यासको प्रयोगमार्फत गरिने स्क्यान प्रणालीको प्रयोग गरी फोक्सोमा भएका खराबीहरू पत्ता लगाउने कोसिस गरेका थिए । जुन सामान्य स्क्यान प्रणालीबाट पत्ता लगाउन सम्भव हुँदैन । 

अध्ययनमा ११ जना कोभिड संक्रमितहरुलाई सामेल गरिएको थियो । उनीहरु अस्पताल भर्ना भएका थिएनन् । तर, उनीहरुमा स्वासप्रश्वासमा समस्या देखिएको थियो । 

यस विषयमा थप अनुसन्धान भइरहेको वैज्ञानिकहरुले जनाएका छन् । अध्ययनको सुरुवातमा कोभिड संक्रमित भएर अस्पताल भर्ना भएका थिए । अनुसन्धानकर्ताहरुले लङ कोभिडमा श्वासप्रश्वासमा समस्या आउने बताएका छन् । तर, यो समस्या कसैलाई सामान्य हुन्छ भने कसैलाई जटिल हुन्छ । 

अक्सफोर्ड, शेफिल्ड, कार्डिफ र म्यान्चेस्टरका अनुसन्धानमा संलग्न वैज्ञानिहरुले तीन वटा ग्रुपमा जिनोन ग्यास स्क्यान र अन्य फोक्सोको परीक्षण गराएका थिए । जसमा लङ कोभिडको लक्षण देखिएका तर अस्पताल भर्ना नभएका, १२ जना कोरोना भएर अस्पताल भर्ना भएका र १३ जना स्वस्थ व्यक्ति संलग्न थिए । उनीहरुलाई एमआरआई स्क्यान गरिएको थियो । 

जिनोन ग्यासले अक्सिजनकै रुपमा काम गर्ने स्क्यानको क्रममा देखिएको वैज्ञानिकले बताएका छन् । वैज्ञानिकहरुले स्क्यानको क्रममा फोक्सोबाट रगतमा अक्सिजन कसरी प्रसार हुन्छ भन्ने देख्न सकिएको बताएका छन् । तर, धेरै जसो लङ कोभिडको समस्या भएकाहरुमा ग्यास प्रशारण स्वस्थकर व्यक्तिमा भन्दा कम प्रभावकारी भएको पाइएको छ । त्यस्तै, कोभिड संक्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिहरुमा पनि उस्तै खराबी भेटिएको छ । 

अनुसन्धान प्रमुख तथा फोक्सो रोग विशेषज्ञ डा. एमिली फ्रेजरले भने, ‘स्वासप्रश्वासमा समस्या भएर क्लिनिक आउने बिरामीहरुले आफूलाई के भइरहेको छ भन्ने विषयमा वास्तविक समस्या बताउन सक्दैनन् । तर, कहिलेकाँही एक्सरे र सिटिस्क्यानले पनि कुनै खराबी देखाउन सक्दैन । त्यसैले यो अध्ययनले आशा जागेको छ ।’

उक्त अध्ययनका सहायक अनुसन्धानकर्ता प्रोफेसर फर्गस ग्लीसनले भने, ‘अब महत्त्वपूर्ण प्रश्नको उत्तर दिने समय भएको छ । लङ कोभिड भएका व्यक्तिहरुमा भएको श्वासप्रश्वासको समस्याको पहिचान, खराबी र खराबी आउनुको कारण पत्ता लगाउन यस विधिबाट सम्भव हुने देखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप