सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतको बजेट : ६० लाख युवालाई रोजगारी, एक वर्षमा २५ हजार किलोमिटर हाइवे

मङ्गलबार, १८ माघ २०७८, ११ : ५९
मङ्गलबार, १८ माघ २०७८

भारत सरकारले आर्थिक वर्ष २०२२/२३ को बजेट भाषण सुरू गरेको छ । आगामी आर्थिक वर्षका लागि भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले घोषणा गरेको बजेटमा आगामी वर्षमा १६ लाख युवालाई रोजगारी सृजना गर्ने उल्लेख छ ।

कोभिड महामारीबाट धरासायी बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्न उक्त संख्याको रोजगारी सृजना गर्ने भारत सरकारले बजेटमार्फत घोषणा गरेको हो । यस्तै, आगामी एक वर्षमा भारतमा २५ हजार किलोमिटर हाइवे निर्माण गर्ने वित्त मन्त्री सितारमणले घोषणा गरेकी छिन् ।

यसका साथै, आगामी तीन वर्षमा १०० वटा व्यवसायिक रेल कार्गो सञ्चालनमा ल्याउने तथा अर्गानिक खेतीलाई बढावा दिँदै तेलहनको आयात प्रतिस्थापन गर्न सरकारले ध्यान दिने उनको घोषणा छ ।

यस्तै, कोभिडविरुद्धको खोप अभियान तीव्रगतिमा अगाडी बढिरहेकाले अर्थतन्त्र चलायमान बन्ने र आगामी वर्ष ९.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य भारत सरकारले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप