सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित सुर्खेतबाट दुई जना पक्राउ

बिहीबार, २० माघ २०७८, १४ : ५०
बिहीबार, २० माघ २०७८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  वीरेन्द्रनगर–३ घर भएका  २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा छन् ।

बसपार्कस्थित चौलागाई होटलबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आरोपीहरुमाथि लागू औषध मुद्दामा म्याद लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप