सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१५ करोड वर्ष पहिले एक डाइनोसरलाई भएको थियो फोक्सोको संक्रमण

सोमबार, ०२ फागुन २०७८, १३ : २१
सोमबार, ०२ फागुन २०७८

डाइनोसर फोसिल (जीवाश्मा)मा गरिएको एक अनुसन्धानले यी जीवमा अर्थराइटिस र क्यान्सर भएको पत्ता लगाएको थियो । हालै साइन्टिफिक जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धानमा उनीहरुलाई चिसो लाग्ने र ज्वरो आउने पनि पत्ता लागेको छ । वैज्ञानिकका अनुसार डाइनोसर फोक्सोमा हुने संक्रमणबाट पनि धेरै नै समस्यामा पर्ने गर्थे । 

डली नामको डाइनोसरमा भएको थियो अनुसन्धान

वैज्ञानिकले यो रोगको बारेमा एक डली नामको डाइनोसरको जीवास्मामा भेटाएका थिए । यो जिवास्मा जुरासिक अवधिको हो । १५ करोड वर्ष पहिले जीवित यो डाइनोसर शाकाहारी र सारोपोड्स प्रजातिको थियो । यो युवा डाइनोसर लगभग १८ मिटर लामो थियो र यसको गर्धन पनि लामो थियो । १५ वर्षको उमेरमा यसको मृत्यु भएको थियो । यसको जिवास्मा पहिलो पटक अमेरिकाको मान्टानामा सन् १९९० मा पाइएको थियो ।

डाइनोसरको हड्डीमा पाइयो संक्रमणको प्रभाव

अमेरिकाको मोन्टानामा अवस्थित ग्रेट प्लेन्स डाइनोसर म्यूजियममा पेलियोटोलोजीका निर्देशक क्यारी वुडरफले भनेका छन्,‘उनको टोलीले डालीको गर्धनको हड्डी परीक्षण गरेको थियो ।’ यी मध्ये तीन हड्डीको आकार केही फरक थियो । वैज्ञानिका अनुसार यो हड्डी कुनै किसिमको डाइनोसरको स्वासतन्त्रसँग जोडिएको हुने गर्दथ्यो । सीटी स्क्यान गरेपछि डलीको फोक्सोमा संक्रमण पैmलिएपछि हड्डीसम्म पुुगेको थाहाँ हुन आएको छ । 

मानिस जस्तै बिरामी भएको थियो डाइनोसर

वुुडरफ भन्छन्,‘संक्रमणको अवधिमा डाइनोसरलाई कुनै बिरामी मानिसको जस्तै खोकी, हाच्छिउ र ज्वरो आएको हुन सक्थ्यो । शोधमा वैज्ञानिकले डलीको तुलना आजको समयको चरासँग गरेका छन् । किनकी दुवैको सास लिने तरिका समान छ । डलीलाई एस्परजिलोसिसको संक्रमण भएको कुराको प्रमाण उनीहरुले प्राप्त गरेका छन् । यो एक किसिमको फंगल इन्फेक्सन पनि हो । जुन मोल्ड कण सुुघ्ने कारण हुन सक्छ । वैज्ञानिकका अनुसार यो बिरामी डाइनोसरको मृत्युको कारण बनेको थियो । यद्यपि संक्रमित भएपछि उसको मृत्युु तुुरुन्त भएको थियो वा केही दिनपछि, यो भन्न मुश्किल छ ।

मृत्युभन्दा पहिले डाइनोसर कमजोर र लाचार अवस्थामा पुगेको थियो 
वुुडरफका अनुसार उनी कुनै दोस्रो डाइनोसरसँग यति सम्बन्ध महसुस गर्दैनथे जत्तिको डलीसँग गर्दथे । उसलाई पनि सोही विमारी भएको थियो जुन आज हाम्रा लागि सामान्य छ । वुुडरफका अनुसार संक्रमणको अवधिमा डाइनोसर अत्यन्त कमजोर भएको थियो । उ एक्लो र लाचार थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप