बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक टिएभीआई विधिमार्फत मुटुको भल्ब प्रत्यारोपण

शुक्रबार, २० फागुन २०७८, २१ : २१
शुक्रबार, २० फागुन २०७८

नेपालमा पहिलो पटक ट्रान्सक्याथेटर इरोटिक भल्ब इम्प्लामेन्टसन (टिएभीआई) विधीबाट शन्यक्रिया नगरिकन मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । शहीद गंगालाल हद्धय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको जानकारी दिए ।

शुक्रबार पत्रकार सम्लेलन गरी काठमाडौंकी ८० वर्षीयाका महिलाको टिएभीआई विधिबाट नेपालमा पहिलो पटक मुटुको उपचार गरिएको निर्देशक डा. अधिकारीेले बताए । फागुन १६ गते टिएभीआई प्रविधिबाट मुटुको भल्ब सफल रुपमा प्रत्यारोपण गरिएको उनले बताए ।

शुक्रबार अर्थात् आज ति महिलालाई घर पठाएको अस्पतालले जनाएको छ । निर्देशक डा. अधिकारीले यस उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरबाट मानव निर्मित भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिने बताए  । प्रत्यारोपण भएको भल्बले तुरुन्तै काम शुरु गर्ने हुँदा बिरामीले चाँडै निको भएको महशुश गर्ने चिकित्सकहरुको भनाइ छ ।

यस्तै बिरामीलाई बेहोस गरि छाती र मुटु चिरी शल्यक्रिया गर्न नपर्ने भएकाले जटिलता न्यून रहने बताउँदै शल्यक्रियाको तुलनामा यस उपचार पद्धति प्रभावकारी र यसमा मृत्युदर कम हुने अध्ययनले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप