आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्पतालमा बसेको भालु चार दिनपछि वन कार्यालयमा सारियो

आइतबार, २२ फागुन २०७८, २० : ३८
आइतबार, २२ फागुन २०७८

ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा बसेको हिमाली कालो भालुलाई चार दिनपछि डिभिजन वन कार्यालयमा सारिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले आज भालुलाई कठ्याएर अस्पतालबाट डिभिजन वन कार्यालय परिसर पु¥याएको हो । 

तीन प्रकारका औषधि मिश्रण गरी भालुलाई बेहोस बनाएर अस्पतालबाट डिभिजन वन कार्यालय लैजान सफल भएको रिजालले बताए । हिमालयन कालो भालु भएको जैविक विविधता संरक्षण केन्द्रका टोलीले दाबी गरेको छ । प्राविधिकका अनुसार वयस्क भालु करिब ७० किलोग्राम तौल र पाँच फिट लम्बाइको रहेको छ । बेहोस अवस्थामा रहेको भालु पुनः साविककै प्रक्रियामा फर्कन करिब एक घण्टा समय लाग्ने भएको र त्यसपछि उसको व्यवहार तथा प्रस्तुतिका आधारमा थप निर्णय लिने राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्र चितवनबाट आएको टोलीले जनाएको छ ।

गत बिहीबार बेलुकी अचानक अस्पताल परिसर प्रवेश गरेको भालुलाई अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसूति कक्षको खाली कोठामा थुन्न सफल भएका थियो । डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सवडिभिजन कार्यालयमा वन्यजन्तु विशेषज्ञ नभएको अवस्थामा चितवनबाट प्राविधिक झिकाई भालुलाई सुरक्षित ढङ्गले बासस्थानमा फर्काउने प्रयास सुरु गरिएको । डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप