सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

समाजमा महिला हिंसाका घटना कायमै छ : मन्त्री मोक्तान

मङ्गलबार, २४ फागुन २०७८, २० : ३४
मङ्गलबार, २४ फागुन २०७८

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमार मोक्तानले समाजमा महिला हिंसाको घटना अझै पनि कायम रहेको बताएकी छिन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजना गरेको ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले पितृसत्तात्मक सोच र महिला मैत्री संरचना अभावका कारण समाजका महिला हिंसाका घटना कायम नै रहेको बताइन् ।

उनले आम नागरिकहरुको मानसपटलमा पितृसत्तात्मक सोचले जरो गाडेर बसेकाले सरकारले लिएका समाज सुधारका नयाँ नीति र कानुनको कार्यान्वयनमा पनि जटिलताहरू आएको बताइन् । सरकारले महिला सशक्तीकरण र महिला हिंसाको अन्त्यका लागि लिएको नीति तथा योजना महिलाहरु प्रति समाजले राखेको गलत धारणाका कारण कार्यान्वयनमा जटिलता भएको उनको भनाइ छ ।

उनले प्रदेश सरकारले आगामी वर्षको बजेटमा महिला तथा बालबालिका सम्बन्धी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने लक्ष्य राखेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप