मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हात-गोडा झम्झमाउने समस्याका कारणहरु

बुधबार, २५ फागुन २०७८, १२ : ३४
बुधबार, २५ फागुन २०७८

लामो समयसम्म एउटै स्थितीमा रहँदा शरीरका अंगहरु झम्झमाउने गर्छ । डेस्कमा लामो समय काम गर्नेहरुले यो समस्या धेरै झेल्नुपर्ने हुन्छ । गोडा झम्झमाउँदा कसैले सुइरोले घोचेजस्तै पीडा हुन्छ । कहिले काँही झम्झमाउने मात्रै होइन दुखाई र कमजोरी पनि महसुस हुने गर्छ । यसरी हात वा गोडा झम्झाउनुका धेरै कारणहरु छन् । लामो समयसम्म एउटै स्थितीमा बस्नु यसको प्रमुख कारण हो । यसरी बस्दा नसामा चाप पर्न जान्छ । र, बसाईको स्थिती परिवर्तन गर्दा यो समस्या निको हुन्छ । तर कसैलाई यो समस्या बारम्बार झेल्नुपर्ने हुन्छ । जुन गम्भीर रोगको संकेत हो । यसको कारण पत्ता लगाएर ठिक गर्न सकिन्छ । 

गोडाको नसामा दबाव पर्नु 
एकै पोजिशनमा लामो समयसम्म बसिरहँदा नसामा दबाव पर्न गई अंगहरु झम्झमाउने गर्छ । त्यसैले नसामा दबाव पर्न नदिन समय समयमा स्थान परिवर्तन गरिहनुपर्छ । 

कसरी ठिक गर्ने ?
पोजिशन परिवर्तन गर्दा यो समस्या कम हुन्छ । जसले गर्दा नसामा पर्ने दबाव कम हुन्छ । यो झन्झनावट आफै ठिक भएर जान्छ । 

मधुमेह 
गोडामा झन्झनावट हुने प्रमुख कारण मधुमेह पनि हो ।  हात र गोडामा झन्झनावट हुनु मधुमेहको पहिलो लक्षण हो । गोडा लाटो हुनु, पोल्नु आदि मधुमेहका लक्षणभित्र पर्छन् । मधुमेहका ७० प्रतिशत मानिसहरुमा यस्तो समस्या देखिन्छ । मधुमेह रोगीको रगतमा चिनीको मात्रा निकै कम र अत्यधिक धेरै हुन्छ जसले नसालाई खराब गर्न पनि सक्छ । यसकारण नसाले सही तरिकाले काम पनि गर्न सक्दैन । 

भिटामिन बी१२ को कमि 
शरीरमा भिटामिन बी१२ को कमिले पनि हातगोडा झम्झमाउने समस्या देखिन्छ । यो समस्या ६० वर्षभन्दा माथिका मानिसमा धेरै देखिन्छ । यसका साथै, भिटामिन बी१२ को कमि भएमा थकान धेरै लाग्ने, पाचनसम्बन्धी समस्या आउने र वाकवाकी लाग्ने आदि समस्या आउँछ । 

यो समस्याबाट बच्नका लागि शरीरमा भिटामिन बी१२ को मात्रा बढाउन आवश्यक छ । यसका लागि भिटामिन बी१२ सप्लिमेन्ट लिनुपर्ने हुन्छ । साथै, अण्डा, स्याल्मन फिस, चिज र दूधको सेवनले यो समस्याबाट बच्न सकिन्छ । 

गर्भाधान 
गर्भवती भएको समयमा गर्भाशयको आकार बढ्ने कारण गोडामा दबाव पर्छ । जसको कारण झन्झनावट पनि बढ्छ । धेरै महिलाहरुमा बच्चा जन्मिएपछि यो समस्या ठिक भएर जान्छ । गर्भवती भएको समयमा यो समस्या देखिए आराम गर्ने, गोडा झुन्ड्याएर धेरै समय नबस्ने, छिटोछिटो स्थान परिवर्तन गर्ने र पानी धेरै पिउने गर्नुपर्छ । 

अत्यधिक मदिरा 
लामो समससम्म मदिराको सेवन गर्ने व्यक्तिहरुको नसा खराब हुन्छ । मदिराले नसामा समस्या पुर्याउँदा विस्तारै विस्तारै यसका लक्षणहरु देखिन थाल्छ । हातगोडा कमजोर हुने, गोडाका औंलाहरु, हात र हातका औंलाहरु चाल कम हुने र हिँडदा सन्तुलन बिग्रने आदि हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप