सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए प्रतिमहिना निगम १० अर्ब घाटामा जाने

बुधबार, २५ फागुन २०७८, २१ : १८
बुधबार, २५ फागुन २०७८

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गए  प्रतिमहिना निगम १० अर्ब घाटामा जाने नेपाल आयल निगमले बताएको छ ।  रुस र युक्रेनबीचको द्वन्द्वका कारण डलरको मूल्य बढ्दै गएकाले पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब घाटा हुने निगमले जनाएको हो ।  

निगमले अमेरिकी डलरको मूल्य ९५ रुपैयाँ हुँदा निर्धारण गरेकोमा बढेर १५ दिनमा २ अर्ब नोक्सान र महिनाको ५ अर्ब घाटामा पुगेको छ । बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा निगमसँग गरेको छलफलमा बोल्दै निगमका निमित्त कार्यकारी निर्देशक ई.सुशील भट्टराईले अहिलेको गतिमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए  प्रतिमहिना निगम १० अर्बले घाटामा जाने बताए । 

उनले निगम घाटामा जाने मात्रै नभएर आगामी दिन खरिद गरेको पैसा कसरी तिर्ने भन्ने चिन्ता बढ्दै गएको बताए । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म निगम करिव २८ अर्ब घाटामा गएको भट्टराईले समितिलाई जानकारी गराए । उनले २८ अर्ब घाटा मध्ये १५ अर्ब खाना पकाउने एलपीजी ग्यासमा रहेको र प्रतिसिलिण्डर समेत ६६५ रुपैयाँ घाटा रहेको बताए । अहिले निगमसँग पेट्रोलिय पदार्थ ८० देखि ८५ प्रतिशत अर्थात ५ करोड लिटर मौज्दात रहेको आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको भटट्राईले बताए ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेले मन्त्रालय आयल निगमलाई कसरी बचाएर पेट्रोलिय पदार्थको आपूर्ति गर्ने भन्ने चिन्तामा रहेको बताए । उनले अहिलेको अवस्थामा आयल निगमलाई बचाउनको लागि सबैको सहयोग आवश्यक रहेको बताए । नेपाली काँग्रेसका सांसद प्रकाश रसाइलीले आयल निगमको बुढीगण्डकी बनाउन लिइएको पूर्वाधार कर घटाउनु पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप