मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अनुदानमा प्राप्त गरेका कोल्ड रुम सञ्चालनमा  ः स्वास्थ्य मन्त्रालय

आइतबार, २९ फागुन २०७८, १८ : ४६
आइतबार, २९ फागुन २०७८

सरकारले कोभ्याक्स सुविधामार्फत प्राप्त गरेका १० वाट कोल्ड रुम फिरिज अर्थात वोर्कीङ कुलरहरु स्थापना गरेको जनाएको छ । सो कुलरहरु काठमाडौंसँगै सातवटै प्रदेशमा सञ्चालनमा ल्याइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सगिता कौशल मिश्राले जानकारी दिइन् ।

यस्तै, जापान सरकारको सहयोगमा प्राप्त ९ कोल्ड रुम फिरिज मध्ये ६ वटा स्थापना गरिसकेको उनले बताइन् । बाँकी तीन वटा त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा आइसकेको प्रवक्ता मिश्राको भनाइ छ ।

बाँकी तीन वटा वोर्किङ कुलमध्ये दुई वटा केन्द्रिय भण्डारण केन्द्र टेकु र बागमती प्रदेश अन्तर्गत भक्तपुर जिल्ला अस्पतालमा स्थापना गरिने योजना बनाइएको उनले बताइन् । यस्तै, खोप भण्डारणका लागि कोल्ड रुप र भवन निर्माण कार्यको लागि स्वास्थ्य मन्त्रालय प्रक्रिया अगाडि बढाइसकेको उनको जिकिर छ । उनले भनिन्, ‘अहिले खोप भण्डारणका कुनै पनि समस्या नभएको र अघिल्लो वर्षको तुलनामा भण्डारण क्षमता दुई गुणा बढिले बृद्धि भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप