बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रगतिशील लेखक सङ्घ बाँकेमा प्रधान

मङ्गलबार, ०१ चैत २०७८, १७ : ३५
मङ्गलबार, ०१ चैत २०७८

प्रगतिशील लेखक सङ्घ बाँकेको सातौँ जिल्ला सम्मेलनबाट सर्वसम्मत रूपले पुष्पमणि प्रधानको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिको उपाध्यक्षमा चरित्रा शाह, सचिवमा गणेशा कार्की, सहसचिवमा फणिन्द्र आचार्य, कोषाध्यक्षमा कल्पना पौडेल जिज्ञासु तथा सदस्यहरूमा विष्णु केसी, प्रकाश गिरि, लता शर्मा, प्रियङ्का वैश्य, जगदीश ढकाल, केशव निमेष र भूपेन्द्र सुवेदी रहेका छन् ।

शनिबार नेपालगन्जमा सम्पन्न सम्मेलनको उद्घाटन गर्दै समारोहमा बाँके शाखाका संस्थापक अध्यक्ष ओमप्रकाश शर्माले सम्पूर्ण वामपन्थी लेखकहरूको एकताको एक मात्र वैचारिक थलोको रूपमा हालसम्म रहेको सङ्गठन प्रलेसको समाजमा महत्त्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा प्रलेस केन्द्रीय पार्षद कल्पना पौडेल जिज्ञासु, पूर्वकेन्द्रीय सदस्यहरू डा इन्द्र भण्डारी, महानन्द ढकाललगायतले शुभकामना दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप