सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पल्पसालाई कल्याणकारी कोषबाट दुई लाख सहयोग

शुक्रबार, ०४ चैत २०७८, १३ : १०
शुक्रबार, ०४ चैत २०७८

हास्य कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको सफल शल्यक्रियापछि अहिले स्वास्थ्य लाभ गरिरहेकी छन् । उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शल्यक्रिया भएको थियो । नातामा भाइ पर्ने अज्जु डंगोलले उनलाई एउटा मृगौला प्रदान गरेका थिए ।

अहिले अस्पतालमा स्वास्थ्य लाभ गरिरहेकी डंगोललाई  नेपाल चलचित्र कलाकार संघको सिफारिसमा कलाकार चलचित्र विकास बोर्ड अन्तर्गतको कलाकार कल्याणकारी कोषबाट नगद दुई लाख रुपैयाँ सहयोग गरेको छ । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काकाअनुसार कलाकार डंगोललाई अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरिएको हो । कला यात्रामा पल्पसाको लामो समयको महत्वपूर्ण योगदानको कदर गर्दै उक्त रकम उपलब्ध गराइएको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।

रकम प्रदान गर्न कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसाल, संघका अध्यक्ष रविन्द्र खड्कासहित कलाकर्मीहरुको एउटा समूह अस्पताल पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप