बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

शनिबार, ०५ चैत २०७८, १७ : २३
शनिबार, ०५ चैत २०७८

प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा.वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख छ । यसैगरी नेपाली भाषा र साहित्यमा समर्पित कवयत्री श्रीमती उषा शेरचनलाई रु पचास हजारसहितको ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ ।

डा.वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौँमा वानीरा फाउन्डेसन भवनको उद्घाटनका क्रममा ती पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप