बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

डाउन सिन्ड्रम अवस्थाका ४५ बच्चाले गरे भ्रमण

मङ्गलबार, ०८ चैत २०७८, १८ : ०६
मङ्गलबार, ०८ चैत २०७८

डाउन सिन्ड्रम अवस्थाका ४५ जना बच्चाले जावलाखेलस्थित चिडियाखाना घुमेका छन् । विश्व डाउन सिन्ड्रम दिवसको अवसरमा डाउन सिन्ड्रोम अबस्थाका बालबालिकाहरूलाई  चिडियाखानामा रहेको जनावर र चार चुरिंगी बारे जानकारी दिने उदेश्यले उनीहरुलाई घुमाइएको हो । नेपाल डाउन सिंड्रोम संघले डाउन सिन्ड्रोम अबस्थाका बालबालिकाहरूलाई सकारात्मक वातावरण सृजना गरेको खण्डमा सामान्य अवस्थाका व्यक्तिहरु भन्दा फरक छैन भन्ने प्रमाणित सक्ने संघका अध्यक्ष रमेश तामाङले बताए ।

उनले भने, ‘उनीहरुलाई बिशेष शिक्षा स्याहार सुसार र तालिम दिनुपर्छ, उनीहरुलाई सिक्न अलि समय लाग्ने हुन्छ । उनीहरुमा लुप्त रहेका कलालाई पत्ता लगाएर यसमा विकास गर्न ।’  डाउन सिन्ड्रमलाई विकासक्रमात्मिकता अपांगता भनिन्छ । डाउन सिन्ड्रोम अबस्थाका बच्चाहरुको पहिचान गर्भ अवस्थामा विभिन्न परिक्षण गरी पत्ता लगाउन सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् । नेपाल डाउन सिन्ड्रोम संघ वि.सं २०६३ मा डाउन सिन्ड्रोम अवस्थाका बच्चाहरुको अविभावकद्धारा स्थापना गरिएको संस्था हो । यस संस्थामा ६० जना  डाउन सिन्ड्रोम अबस्थाका बच्चाहरुका बच्चाहरु छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप