वीर अस्पतालले दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा गरेका छन् । आज मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमन गर्दै स्थानीयसँग अन्तरक्रियाका क्रममा आधुनिक नमुना अस्पताल बनाउने सो नबनेसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा दिइने बताए ।
छलफल पछि वीर अस्पतालका लागि प्रस्तावित जग्गा स्वास्थ्यमन्त्री खतिवडाले निरीक्षण गरी आगामी २०७९ वैशाख १ गतेबाट स्थानीयको माग अनुसार सेवाहरु सञ्चालन गर्ने बताए । यस्तै, वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन अनुसार आफुहरु सेवा दिन तत्पर रहेको बताएका छन् । वैशाख १ गतेबाट दुवाकोट क्षेत्र तथा पाएक पर्ने जनतालाई ल्याब, एक्सरे सेवा सुरु गर्ने जानकारी दिए ।