सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एनओसी र आईओसीबीच छलफल सुरू, आगामी पाँच वर्षसम्मको ‘सप्लाई एग्रिमेन्ट’ गरिने

मङ्गलबार, ०८ चैत २०७८, २१ : ३०
मङ्गलबार, ०८ चैत २०७८

नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच काठमाडौंमा छलफल सुरू भएको छ । आगामी पाँच वर्षका लागि हुने पेट्रोलियम पदार्थको खरिद/बिक्री सम्झौता (जनरल सप्लाई एग्रिमेन्ट) विषयमा छलफल गर्न दुई कम्पनीका प्रतिनिधि छलफलमा जुटेका हुन् ।

आजदेखि सुरू भएको छलफल तीन दिनसम्म चल्ने छ । यस छलफलका लागि आईओसीबाट ६ सदस्यीय प्रतिनिधि मण्डल काठमाडौं आएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।

उनले प्रत्येक ५ वर्षमा हुने सम्झौता यसअघि सन् २०१७ मा भएको थियो । उक्त समयमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक बोहोरा र भारतकातर्फबाट पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानको उपस्थितीमा दुई कम्पनीका प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो सम्झौताले निगमले आईओसीसँग पेट्रोलियम पदार्थ किन्दा आउने समस्या समाधान र सहजीकरणका विषयमा छलफल हुने छ । यस्तै, आगामी दिनमा थप सहज तरिकाले भारत पेट्रोलियम पदार्थको खरिद तथा ढुवानीको विषयमा समेत छलफल हुने उपाध्यायले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप