सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यातायात व्यवस्था विभागमा अव्यवस्‍था, सूचनाकै टुङ्‌गो छैन

सर्भर डाउनबारे सूचना सच्यायो
बुधबार, ०९ चैत २०७८, १७ : २२
बुधबार, ०९ चैत २०७८

सेवाग्राहीले सास्ती, हैरानी र अव्यवस्था भोग्नुपर्ने सरकारी निकाय मध्येको एक यातायात व्यवस्था विभागले सूचनासमेत व्यवस्थित ढंगले प्रवाह गर्न नसकेको देखिएको छ । सर्भरहरूमा समस्या देखिएकाले बुधबार बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि सेवा अवरुद्ध हुने जनाएको विभागले गलत सूचना सच्याएको हो ।

यसअघि, विभागका सर्भरहरूमा समस्या देखिएकाले समस्या समाधान नभएसम्म अनिश्चितकालका लागि सेवा बन्द हुने जनाएको थियो । तर, विभागले गल्ती सच्याउँदै भोलिसम्म मात्र सेवा बन्द हुने जानकारीसहित दोस्रो सूचना सार्वजनिक गरेको हो ।​

विभागले यसअघि सूचना जारी गर्दै सर्भरमा समस्या आएको र सो समस्या समाधान नभएसम्मका लागि सेवा अवरुद्ध हुने बताएको थियो । विभागको सर्भर पटकपटक डाउन हुँदा सेवाग्राहीले सास्ती भोग्दै आएका छन्‌ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप