मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुरुषका लागि गर्भनिरोधक चक्की

शनिबार, १२ चैत २०७८, १२ : ४७
शनिबार, १२ चैत २०७८

हालसम्म गर्भनिरोधका लागि महिलाहरुले खाने चक्की पाइन्थ्यो, अब बजारमा पुरुषका लागि पनि गर्भनिरोधक चक्की पाइने भएको छ । हालै वैज्ञानिकहरुले पुरुषका लागि ९९ प्रतिशत प्रभावकारी गर्भनिरोधक चक्की पत्ता लगाएका छन् । वैज्ञानिकहरुले उक्त औषधि मुसामा परीक्षण गराइसकेका छन् । उक्त नन हर्मोनल ड्रगको नाम वाईसीटी५२९ (YCT529) राखिएको छ । उक्त औषधि लगभग चार हप्तासम्म मुसालाई खान दिइएको थियो । चारहप्तापछि फेरि औषधि खान बन्द गराएपछि मुसाको बच्चा भएको थियो । 

मिनेसोटा विश्वविद्यालयका वैज्ञानिकले उक्त ननहर्मोनल ड्रगको ट्रायल योजना बनाइरहेका छन् । उक्त औषधिले पुरुषको शरीरमा प्रोटिनको सञ्चार बन्द गरिदिन्छ भने जसले शुक्रकिटलाई पनि रोक्न सक्छ । यसअघि ब्रिटेनका पुरुषहरुमा गर्भनिरोधक चक्कीको परीक्षण गरिएको थियो । उक्त अनुसन्धानको नेतृत्व गरिरहेका प्रोफेसर गुण्डा जर्जले यो चक्की धेरै प्रभावकारी भएको बताएका छन् । सन् १९५० देखि वैज्ञानिकहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की, जेल र खोपको विकास गर्ने कोसिस गरिरहेका छन् । तर, अहिलेसम्म बजारसम्म आइपुग्ने अनुमति भने कुनै औषधिले पाएका छैनन् । 

महिलाले प्रयोग गर्ने गर्भनिरोधक औषधिहरुले महिनामा एक पटक मात्र हुने ओभ्यूलेशनलाई रोक्ने र गर्भ रहन नदिने काम गर्छ । तर, लाखौँको संख्यामा हुने शुक्रकिटको उत्पादन रोक्नका लागि पुरुषले गर्भनिरोधक औषधिको प्रयोग हरेक दिन गर्नुपर्ने हुन्छ । 

क्लिनिकल परीक्षण भएका औषधिहरुले पुरुषको टेस्टेस्ट्रोनलाई प्रभावित गर्ने गर्छ । उक्त औषधिले पुरुषमा सेक्स हर्मोनलाई ब्लक गर्ने गर्छ । जसले गर्दा स्वस्थकर स्पर्म सेलहरु निर्माण हुँदैनन् । डाक्टरले उक्त औषधिको सेवनले पुरुषमा तौल बढ्ने, डिप्रेशन, उच्च कोलेस्ट्रोल आदिको समस्या पैदा गर्छ । 

वाईसिटी५२९ (YCT529) ले रेटिनोइक एसिड रिसेप्टर अल्फा (RAR-a) लाई टार्गेट गर्छ । रेटिनोइक एसिड रिसेप्टर अल्फा एक प्रकारको प्रोटिन हो । जसले शुक्रकिटको निर्माण गर्नुका साथै कोशिकाहरुको विकास गर्न मद्दत गर्छ । मुसामा उक्त औषधिको सेवनपछि शुक्रकिटको संख्यामा कमी आएको थियो । उक्त  लाई सन् २०२२ मा मानिसमा परीक्षण गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप