आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

त्रिकोणात्मक सिरिज : पीएनजी र मलेसिया भिड्दै

मङ्गलबार, १५ चैत २०७८, ०७ : ४१
मङ्गलबार, १५ चैत २०७८

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ । सिरिजको दोस्रो खेलमा दुई टोली आमने सामने हुन लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा मलेसिया र पीएनजीबीचको खेल १२ः३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको थियो । आजको खेलमा जित निकाल्न सके पीएनजीको सिरिज जित्ने सम्भावना कायम रहनेछ । यता लेसिया सुखद सुरुआत गर्ने योजनामा हुनेछ । 

सिरिजको पहिलो खेल खेल्न लागेको मलेसिया आजको खेलमा जित निकाल्ने प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ । सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप