मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘परदेशको पसिना’ सार्वजनिक

वैदेशिक रोजगारीका अर्थ–सामाजिक आयामबारे चर्चा गरिएको पुस्तक बजारमा
बिहीबार, १७ चैत २०७८, १६ : १७
बिहीबार, १७ चैत २०७८

पछिल्ला वर्षहरुमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पारेको परिघटना हो– वैदेशिक रोजगारी । अनि, नेपाली समाज र अर्थतन्त्रलाई सर्वाधिक चलायमान बनाउने तत्व हो– ‘रेमिट्यान्स’ । वैदेशिक रोजगारी र रेमिट्यान्सको अर्थ–सामाजिक आयामलाई समेटेर लेखिएको पुस्तक ‘परदेशको पसिना’ सार्वजनिक भएको छ । 

किताब पब्लिसर्सले बजारमा ल्याएको यो पुस्तकको सम्पादन लेखक तथा पत्रकार यज्ञशले गरेका छन् । पुस्तकमा वैदेशिक रोजगारीको इतिहास, रेमिट्यान्सबाट प्राप्त धनको वर्तमानमा समाजमा महत्व, रेमिट्यान्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणामाथि प्रश्न, वैदेशिक रोजगारीमा जानेहरुको अवस्था, वैदेशिक रोजगारीमा महिला, दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीतिजस्ता विषयमा चर्चा गरिएको छ । विभिन्न अध्ययन, अनुसन्धान र उपलब्ध तथ्यांकहरुका साथमा सम्बन्धित विषयका विज्ञ र ज्ञाताहरुसँग कुराकानीसमेत गरेर तयारी पारिएका मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका सातवटा लेखहरू पुस्तकमा छन् । 

‘देशको अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको अनुपातमा एक चौथाई योगदान भएको, मानव विकास सूचकांकलगायतका सामाजिक(आर्थिक विकासमा ठूलो योगदान भएको र देशमा विकराल बेरोजगारी समस्यालाई निकास दिने वैदेशिक रोजगारीका धेरै आयामबारे चर्चा हुनुपर्ने जस्तो लाग्छ,’ पुस्तकबारे सम्पादक यज्ञशले भने, ‘यो पुस्तकमा यसबारे केही तथ्यपरक विश्लेषणको प्रयास गरिएको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप